✓ निर्वाचित मिति : २०२५ जुन ३
✓ कार्यकाल सुरू : २०२६ जनवरी १
✓ कार्यकाल समाप्त : २०२७ डिसेम्बर ३१
निर्वाचित देश :
• 🇧🇭 बहराइन (Bahrain),
• 🇨🇩कंगो (The Democratic Republic of the Congo)
• 🇱🇷 लाइबेरिया (Liberia)
• 🇨🇴कोलम्बिया (Colombia)
• 🇱🇻लाटभिया (Latvia)
✓ कुल १९३ सदस्यीय राष्ट्र संघीय महासभाले मंगलबार सुरक्षा परिषद्का लागि गोप्य मतदानमार्फत पाँच अस्थायी सदस्य छानेको थियो ।
✓ मतदानमा बहराइनले १८६, कंगोले १८३, लाइबेरियाले १८१, कोलम्बियाले १८० र लाट्भियाले १७८ मत प्राप्त गरेको हो
✓ लाट्भिया पहिलोपटक सुरक्षा परिषद्मा पुगेको हो । सो देश सन् १९९१ मा सोभियत संघको विघटनपछि पुन: स्वतन्त्र भएको थियो ।
हालका अस्थायी राष्ट्रहरु
सन् २०२४ जनवरी १-२०२५ डिसेम्बर ३१
🇩🇿 अल्जेरिया
🇸🇱 सियरा लियोन
🇰🇷 दक्षिण कोरिया
🇸🇮 स्लोभेनिया
🇬🇾 गुयना
सन् २०२५ जनवरी १-२०२६ डिसेम्बर ३१
🇸🇴 सोमालिया
🇩🇰 डेनमार्क
🇵🇰 पाकिस्तान
🇵🇦 पानामा
🇬🇷 ग्रीस
स्थायी सदस्य राष्ट्रहरू (Permanent Members – P5)
🇨🇳 चीन
🇫🇷 फ्रान्स
🇷🇺 रूस
🇬🇧 बेलायत
🇺🇸 संयुक्त राज्य अमेरिका (अमेरिका)
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् (UNSC) को बारेमा थप जानकारी:
✓ संयुक्त राष्ट्रसंघ (UN) को पाँच प्रमुख अंगहरूमध्ये एक हो।
✓ स्थापना मिति: २४ अक्टोबर १९४५ (UN स्थापना सँगै)
✓ मुख्यालय: न्यूयोर्क सिटी, अमेरिका
✓ UNSC मा ५ स्थायी र १० अस्थायी गरी जम्मा १५ सदस्य राष्ट्रहरू हुन्छन्
✓ अस्थायी सदस्य राष्ट्रहरू (Non-Permanent Members) दुई वर्षको कार्यकालका लागि चुनिन्छन्।
✓ अस्थायी सदस्य राष्ट्र हरेक वर्ष ५ देश फेरिन्छन्
✓ स्थायी सदस्य राष्ट्रहरू (Permanent Members – P5) सँग भेटो अधिकार (Veto Power) छ
