✓ ७७ औं जिल्ला सदरमुकाम → हुम्लाको सिमकोट (कर्णाली करिडोरको हुम्लाको खार्पुनाथमा अवस्थित चुवा खोलामा ५१.८० मिटर लामो बेलीब्रिजको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेपश्चात्)
✓ कहिले : वि.सं. २०८२ असार २२
✓ हुम्ला जिल्ला २०७७ मंसिरमै राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो।
✓ कर्णाली करिडोरमार्फत सरकारले पहिलोपटक २०५१ सालमा हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना अघि बढाएको थियो।
✓ २०५६ मा कर्णाली करिडोर निर्माणका शिलान्यास गरिएको थियो।
✓ योजना बनेको ३१ वर्षपछि र निर्माण आरम्भ भएको २६ वर्षपछि हुम्ला सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको।
✓ ६८२ कि.मि. लामो कर्णाली करिडोर भारतीय सीमा रुपैडियादेखि चीनको सिमाना हिल्सासम्म रहेको छ।
कुन जिल्ला सदरमुकाममा पहिलोपटक कहिले मोटर पुग्यो ?
डोल्पा (७६ औं)- वि.सं. २०७३ असार १५
मुगु (७५ औं)- वि.सं. २०६८ पौष १
जुम्ला (७४ औं)- वि.सं. २०६३ चैत्र ३० गते
