• कहिले : हरेक वर्ष मे १ (May 1) मा
• यस वर्ष मनाइएको श्रमिक दिवस १३७ औ हो।
• २०२६ को नारा : "Ensuring a Healthy Psychosocial Working Environment" (स्वस्थ मनोसामाजिक कार्य वातावरणको सुनिश्चितता)
• २०२५ को नारा: "उद्योगीकरण, व्यापार र सामाजिक न्यायका लागि मर्यादित काम"
ऐतिहासिक पृष्ठभूमि (Historical Background)
• १९ औँ शताब्दी: श्रम र श्रमिकको शताब्दी (Century of Labor and Workers) मानिने।
• सन् १८८६ मे ४ मा अमेरिकाको सिकागोमा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम को माग गर्दै भएको मजदुर आन्दोलन (हे-मार्केट काण्ड Haymarket Affair) को सम्झनामा विश्वभर मनाईदै आइएको
• सन् १८८९ मा फ्रान्सको पेरिस मा सम्पन्न 'अन्तर्राष्ट्रिय श्रमिक सम्मेलन' (International Socialist Conference) ले मे १ लाई विश्वभर 'अन्तर्राष्ट्रिय श्रमिक दिवस' का रूपमा मनाउने घोषणा गर्यो।
• सन् १८९० मे १ मा विश्वभर पहिलो पटक यो दिवस मनाइयो।
नेपालमा श्रमिक आन्दोलन
• वि.सं. २००३ फागुन (सन् १९४७ मार्च) मा नेपालको औद्योगिक केन्द्र विराटनगर जुट मिल बाट पहिलो संगठित मजदुर आन्दोलन सुरु भयो।
• नेतृत्वकर्ताहरू: गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, वि.पि. कोइराला, र तारणीप्रसाद कोइराला।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO)
• स्थापना: सन् १९१९ मा भर्सायल्सको सन्धि (Treaty of Versailles) मार्फत।
• मुख्यालय: जेनेभा, स्वीट्जरल्याण्ड।
• संयुक्त राष्ट्र सङ्घ (UN) को पहिलो विशिष्टीकृत संस्था।
• विश्वमा सामाजिक न्याय र शान्तिका लागि पुर्याएको योगदान स्वरूप सन् १९६९ मा यस संस्थालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको।
• नेपाल सन् १९६६ अगस्ट मा ILO को ११६ औँ सदस्य राष्ट्र बनेको हो।
