• प्रस्तुत गर्ने अर्थमन्त्री - डा. स्वर्णिम वाग्ले
• नेपालमो सर्वप्रथम बजेटको सुरुवात - वि.सं.२००८ माघ २१ (अर्थमन्त्री, सुवर्णशमशेर जवरा)
• नेपालमा पहिलो पटक बजेट जारी हुँदाको प्रधानमन्त्री - मातृकाप्रसाद कोइराला
• विश्वमा सर्वप्रथम बजेटको सुरुवात - बेलायत (सन् १७३३)
• विश्वमा सर्वप्रथम बजेट जारी गर्ने अर्थमन्त्री - बेलायतका तत्कालीन वित्तमन्त्री रोबर्ट वालपोल
• सविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदमा बजेट पेश गर्नुपर्ने व्यवस्था रहेको।
आर्थिक वर्ष २०८३/८४ मा नेपालको बजेट आकार:
| विवरण | विनियोजन रकम (रु.) | कुल बजेटमा हिस्सा (प्रतिशत) |
|---|---|---|
| जम्मा विनियोजन | २१ खर्ब २४ अर्ब ३४ करोड | १०० प्रतिशत |
| चालु खर्च | १२ खर्ब ७० अर्ब ५८ करोड | ५९.८ प्रतिशत |
| पुँजीगत खर्च | ४ खर्ब ३१ अर्ब १० करोड | २०.३ प्रतिशत |
| वित्तीय व्यवस्था | ४ खर्ब २२ अर्ब ६४ करोड | १९.९ प्रतिशत |
स्रोत व्यवस्थापन:
| विवरण | रकम (रु.) |
|---|---|
| राजस्व | १४ खर्ब ५ अर्ब ३१ करोड |
| वैदेशिक अनुदान | ६१ अर्ब ७४ करोड |
| वैदेशिक ऋण | २ खर्ब ४७ अर्ब २९ करोड |
| आन्तरिक ऋण | ४ खर्ब १० अर्ब |
वित्तीय हस्तान्तरण:
| विवरण | प्रदेश सरकार | स्थानीय तह |
|---|---|---|
| वित्तीय समानीकरण अनुदान | रु ६१ अर्ब ५० करोड | रु ९० अर्ब २० करोड |
| समपुरक अनुदान | रु ४ अर्ब ६० करोड | रु ८ अर्ब ९३ करोड |
| विशेष अनुदान | रु ३ अर्ब ८२ करोड | रु ९ अर्ब ४० करोड |
| सशर्त अनुदान | रु ३९ अर्ब ७२ करोड | रु २०६ अर्ब ८ करोड |
समष्टिगत लक्ष्य:
• आर्थिक वृद्धि लक्ष्य: ७%
• मुद्रास्फीति लक्ष्य: ६% भित्र सीमित
२०८३/०८४ का केहि प्रमुख पक्षको सारांश:
• आयकर छुट सीमा १० लाख
• डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट
• ३१ निकाय खारेज र १८ निकायको पुनसंरचना
• स्यूचाटारमा एआई कम्प्यूटर सेन्टर खोल्ने घोषणा
• टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणलाइ बेच्ने घोषणा
• राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने
• हुनेले सामाजिक भत्ता छोडौँ, नसक्नेलाई जोडौँ अभियान चलाउने
• जेनजी आन्दोलनका घाइतेको निःशुल्क उपचार र मासिक भत्ता
• डाँफे रुट को विकास गरिने → खप्तड, रामारोशन, बढि मालिका,वुढिन्नदा,रारा, स्वर्गद्वारी मुक्तिनाथ जोड्ने उच्च पहाडी पर्यापर्यटन मार्ग
• एक वर्षभित्र १ हजार किलोमिटर सडक कालोपत्रे र २७५ पुल निर्माण गर्ने सरकारको लक्ष्य
• सडक बालबालिकामुक्त मुलुकको घोषणा गरिने
• महिलाका लागि ब्लूबस सेवा सञ्चालन गर्ने घोषणा
• नेपाल वायु सेवा निगमनलाई कम्पनीमा रूपान्तरण गरिने
• कर्मचारीको न्यूनतम तलब ४० हजारदेखि एक लाखसम्म हुने
• प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण — ५ वर्षभित्र
•१० वटा फुटबल रङ्गशाला फ्लड लाइट सहित स्तरोन्नति — ३ वर्षभित्र (प्रत्येकको क्षमता कम्तीमा ८,००० दर्शक)
•इन्डोर मल्टिपर्पोज स्टेडियम: ७ स्थानमा — बिराटनगर, लहान, काठमाडौँ, पोखरा, वटुवल, सुखेत र धनगढी (क्षमता कम्तीमा २,००० दर्शक — ३ वर्षभित्र)
• चुरोट, मदिरा र बियरको अन्तःशुल्कमा वृद्धि
• जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै
• डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकाका नेपाली दूतावास खारेज
• विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनमा पुँजीगत खर्चको १ प्रतिशत विनियोजन
loading please wait
